हाम्रो बारेमा

नेपालको संविधान २०७२ बमोजिम राज्य संघिय प्रणालीमा रुपान्तरण भए संगै स्थापित प्रदेश सरकारहरुले प्राप्त कार्यअधिकारको कार्यान्वयनको सन्दर्भमा कर्णाली प्रदेश सरकारले खेलकुदको माध्यमबाट सामुहिक भावनाको विकास गरि कर्णाली प्रदेशका नागरिकलाई स्वस्थ,अनुशासित,मर्यादित र गतिशिल बनाउने ध्यय लिई खेलकुद क्षेत्रको विकास र विस्तार गर्न कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को व्यवस्थापन गरी कार्यान्वयनमा रहेको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ को व्यवस्था बमोजिम प्रदेश सरकारको २०७७ पौष ६ गतेको निर्णयले कर्णाली प्रदेश खेलकुद विकास परिषद स्थापना भएको हो । खेलकुद क्षेत्रको समग्र विकास र विस्तारका लागि व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रिको अध्यक्षतामा ९ सदस्यीय एक अविछिन्न उत्तराधिकारवाला स्वशासित अधिकार सहित खेलकुद परिषद गठन  भएको छ । परिषद मातहत रहनेगरि प्रत्येक जिल्लामा एक जिल्ला खेलकुद विकास समिति गठन गरि जिल्लामा सबै खेल समबद्ध गतिविधि सञ्चालन गर्ने व्यवस्था छ ।कर्णाली प्रदेश भित्रका दश वटा जिल्लाको खेलकुदको पूर्वाधार विकास, खेलकुद प्रशिक्षण, प्रतियोगिता संचालन र खेलाडीको विकासका साथै स्थानिय पालीका, जिल्ला र प्रदेश सम्म खेलकुदको उचित अवसर उपलब्ध गराई प्रदेशलाई राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तरका खेलकुद प्रतियोगितमा सहज र शुलभ पँहुचको व्यवस्थापनको जिम्वारी सहित प्रदेश खेलकुद परिषद कृयाशिल रहेछ ।

सुचना तथा जानकारी