१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने आत्मगत क्षेमता बलियो छ – सदस्य सचिव संज्याल

काठमाण्डौ । कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेशसँग १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने आत्मगत क्षेमता बलियो भएको बताएका छन् ।

बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा भएको एक अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव संज्यालले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेश सरकारले खेलकुद क्षेत्रलाई आफ्नो पहिलो प्रथामिकतामा राखेको भन्दै सदस्य सचिव संज्यालले कर्णालीमा भौतिक पूर्वाधारका कारण १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समय सिमा भित्र सम्पन्न हुदैन की भन्ने संका नगर्न आग्रह गरे । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सम्भावित पूर्वाधारहरु निर्माण भइरहेको र त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले पनि सहयोग गर्नु पर्ने भन्दै उनले अब राखेपको ध्यान कर्णाली तिर जानु पर्ने बताए ।

‘राष्ट्रिय खेलकुद परिषदले खेलकुद पूर्वाधारका कार्यक्रम विकेन्द्रीकरण गरेको छ अब कर्णालीमा केन्द्रीकृत रुपमा गर्नु प¥यो,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘जहाँ राष्ट्रिय प्रतियोगिता हुन्छ त्यहाँ हिजोका दिनमा राष्ट्रिय खेलकुद परिषदले लगानी गर्ने गरेको छ अब कर्णालीमा पनि लगानी केन्द्रिकृत गर्नु प¥यो ,।’

राष्ट्रिय खेलकुद परिषदले खेलकुद पूर्वाधारका कार्यक्रम कर्णालीमा गर्नको लागि पहिला कर्णालीले खेलकुद पूर्वाधारको लागत अनुमान पेश गर्न कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई रा.खे.प.का सदस्य सचिव टंकलाल घिसिङले निर्देशन दिए । लगानी गर्नको लागि राष्ट्रिय खेलकुद परिषद तयार छ तर त्यसको लागि डिपिआर तयार गर्नु प¥यो उनले भने ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेश भित्र खेल पूर्वाधारहरुको आत्मगत क्षेमता र पूर्व तयारीको लागि राष्ट्रिय खेलकुद परिषदले खेल्नु पर्ने भुमिकाको बारेमा कर्णाली प्रदेशको तर्फबाट विषय बस्तु प्रस्तुत गरेका थिए ।

झिल्को खबरबाट साभार

Next Post

दशौं राष्ट्रिय खेलकुदमा दोहोरो अंकमा स्वर्ण जित्ने कर्णालीको योजना

२८ पुष २०७९, बिहीबार २१:१६
सुर्खेत । अबको दुई वर्षभित्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना हुँदैछ। कर्णालीमा आयोजना गर्न खोजिएको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। २०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको छ। कर्णालीमा राष्ट्रिय प्रतियोगिता गर्ने राष्ट्रिय खेलकुद परिषदको निर्णयसँगै पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट दशौंको झण्डा […]

सुचना तथा जानकारी