खेलकुद गतिविधि र भावी योजनाका विषयमा अन्तरक्रिया सम्पन्न

आज मिति २०७९ फागुन १० गते कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारीज्यूहरु र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं सचिवज्यूहरुको सहभागितामा सामाजिक विकास मन्त्री माननीय टेकराज पछाईज्यूको अध्यक्षता र मन्त्रालयका सचिव श्री सन्तबहादुर सुनारको उपस्थितिमा खेलकुद गतिविधि र भावी योजना एवं विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा खेलकुद महाशाखा प्रमुख श्री जहवारलाल हमालज्यू र परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यूले कर्णाली खेलकुद विकासको लागि भावी योजना र परिषद्ले आगामी दिनमा गर्नु पर्ने कार्यका विषयका साथै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा प्रस्तुति दिनु भयो उक्त अन्तरक्रिया कार्यक्रममा परिषद्का अध्यक्ष एवं माननीय सामाजिक विकास मन्त्री टेकराज पछाईज्यूले कर्णालीमा खेलकुद विकास र १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा प्रदेश सरकार जहिले साथमा रहने बताउनु भयो र १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि ठुलो अबसर भएकोले उक्त तयारीका लागि सबै जिल्लालाई खेलकुद क्षेत्र निश्पक्ष गराउन निर्देशन दिनु भयो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न पछि संयुक्त फोटो सेसन
अन्तरक्रिया कार्यक्रममा सहभागि परिषदका अध्यक्ष एवं सामाजिक मन्त्री माननीय टेकराज पछाई र मन्त्रालयका सचिव श्री सन्तबहादुर सुनारज्यू लगायत सहभागी ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तव्य राख्दै परिषदका अध्यक्ष एवं सामाजिक मन्त्री माननीय टेकराज पछाईज्यू ।

 

Next Post

स्कुल टु ओलम्पीक कार्यक्रम जुम्मा चन्दनाथ नमुना माविमा भएको कार्यक्रम

१० फाल्गुन २०७९, बुधबार २०:१८
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा नेपाल ओलम्पीक एसोशियनको आयोजनामा जुम्मा चन्दनाथ नमुना माध्यमिक विद्यालयमा स्कुल टु ओलम्पीक कार्यक्रम मिति २०७९ फागुन १२ गते सम्पन्न भएको कार्यक्रम ।

सुचना तथा जानकारी