सबै प्रदेशका सदस्य सचिव र जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु बीच अन्तरक्रिया कार्यक्रम

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेशमा यसको पूर्व तयारीको लागि औपचारिक रुपमा छलफल र आन्तरिक तयारी शुरु भइसकेको छ । २०८१ मंसिरमा हुने खेलकुद क्षेत्रको महाकुम्भ मेला अर्थात १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब १ बर्ष मात्र बाँकी छ । यसको लागि मिति २०८० साउन १५ गतेका दिन कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष एवं प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्ग बहादुर पोखरेलज्यूको प्रमुख आतिथ्यतामा बृहत अन्तरक्रिया सम्पन्न भएको छ । उक्त छलफलमा सबै प्रदेशबाट खेलकुद परिषदका सदस्य सचिवज्यूहरु, कर्णाली प्रदेशका खेलकुद विकास परिषदका पदाधिकारीज्यूहरु र जिल्ला अध्यक्षज्यूहरुको उपस्थिति रहेको थियो ।

सबै प्रदेशका सदस्य सचिवज्यूहरुले कर्णालीमा तोकिएको मितिमा जसरी पनि १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गर्नु भएको छ । सबै प्रदेशका सदस्य सचिवज्यूहरुले कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नको लागि आफ्नो आफ्नो क्षेत्रबाट कर्णालीलाई सहयोग गर्ने प्रतिबद्वता जनाउनु भएको छ ।

 

Next Post

बोलपत्र सम्बन्धि सूचना ।

१६ श्रावण २०८०, मंगलवार १५:४०