१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले आज मिति २०८० मंसिर २२ गते दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सम्बन्धि एक बृहत अन्तरक्रिया कार्यक्रम कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष माननीय खड्ग बहादुर पोखरेलज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना भएको उक्त अन्तरक्रिया कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री माननीय डिगबहादुर लिम्बुज्यू, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय बेदराज सिङज्यू, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब श्री टंकलाल घिसिङज्यू,कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष सदस्य सचिवज्यू र पदाधिकारीज्यूहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री रविलाल पन्थज्यू, कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव श्री डा.भोजराज शर्मा काफ्लेज्यू,नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुखज्यू,शसस्त्र प्रहरी बलका कर्णाली प्रदेश प्रमुखज्यू, नेपाली सेना पश्चिम पृतनाका प्रतिनिधिज्यू,उद्योग बार्णिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीज्यू, सुर्खेतका अध्यक्ष लक्ष्मण कडेंलज्यू, होटल व्यवसायी संघका पदाधिकारीज्यूहरु,नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाज्यू, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं सदस्य सचिबज्यूहरु,राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु लगायतको बृहत उपस्थिति रहेको थियो ।
उपस्थित सबैले कर्णाली प्रदेशमा आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सम्पन्न हुनु पर्ने र त्यसको लागि संघीय सरकारले यो भन्दा पछिका सबै तयारीका कामको अपनत्व लिनु पर्ने सहभागिहरुको जोड थियो । कर्णाली प्रदेशमा आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै सम्पन्न गर्न संघीय सरकार लागेको र त्यसको लागि कुनै पनि संका नगर्न युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुज्यूले विश्वस्त पार्नु भयो ।

Next Post

सुचना तथा जानकारी