दशौं राष्ट्रिय खेलकुदको तयारीलाई तिब्र बनाउदै कर्णाली प्रदेश

आज मिति २०८० पौष २ गतेका दिन कर्णाली प्रदेशमा पहिलो पटक वीरेन्द्रनगर नगरपालिका कालिन्चोकमा क्रिकेट मैदान निर्माण कार्यको कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राजकुमार शर्माज्यूले शुभारम्भ गर्नु भयो ।

क्रिकेट मैदानको लागत अनुमान रु, ९८ लाख
निर्माण सम्झौता रकम रु, ७३ लाख १८ हजार ३३७ रुपैया ६६ पैसा
निर्माण सम्झौता सम्पन्न हुने मिति २०८१ बैशाख

क्रिकेट मैदान निर्माण कार्य शुभारम्भ गर्ने कार्यमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्ग बहादुर पोखरेलज्यू,कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री बिश्वामित्र संज्यालज्यू,नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्काज्यू, जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीज्यू, लगायत खेलाडी र खेल सम्बद्ध पदाधिकारीहरुको उस्थितिमा भएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशको खेलकुद विकास गर्नको लागि ५ ‘प’को निति तथा कार्यक्रम साँच्चिकै कार्यन्वयन हुँदै जाने भने अब आउने ९० को दशक नेपालको राष्ट्रिय टिममा कर्णालीका बर्चश्व हुने विश्वास कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले व्यक्त गर्नु भयो ।

शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राजकुमार शर्माज्यूले क्रिकेट मैदान तोकिएको समय भित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न हुने र मैदानको उद्घाटन सँग सँगै क्रिकेटको राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिनु भयो ।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्काज्यूले ०८१ बैशाखबाट कर्णालीका क्रिकेट खेलाडीहरुले आफ्नै मैदानमा क्रिकेट खेल्न र राष्ट्रिय स्तरका प्रतियोगिता गर्न आत्मगत क्षमता बलियो भएकाले कर्णालीका क्रिकेट खेलाडीहरुको लागि आजको दिन निकै स्मरण योग्य दिन भएको बताउनु भयो । साथै क्रिकेट खेल मैदान निर्माणको लागि पहल गरेकोमा कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई र सामाजिक मन्त्रालय साथै कर्णाली प्रदेश सरकारलाई धन्यावाद दिनु भयो ।

उक्त क्रिकेट मैदान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कपमा सहभागिता जनाउने महिला क्रिकेट खेलाडीहरुलाई विदाई समेत गरिएको छ ।
निर्माण गर्नु पर्ने मुख्य कार्यहरु
………………..
३ लेनको क्रिकेट पिच
६५ यार्डको क्रिकेट मैदानमा दुबो लगाउने र नालि निकास
ल्याण्ड स्केप र हरियाली गर्ने ।
र्ने काम हुने जनाइएको छ ।

निर्माणको जिम्मा के.पी.डी.डी कन्ट्रक्सन वीरेन्द्रनगर सुर्खेतले लिएको छ ।

 

Next Post

हुम्ला जिल्ला हक्की ग्राउण्डको सूचना ।

२ पुष २०८०, सोमबार २०:४७
हुम्ला जिल्ला हक्की ग्राउण्डको सूचना ।

सुचना तथा जानकारी