तेस्रो बार्षिक उत्सव भव्यरुपमा सम्पन्न

कर्णाली प्रदेश खेलकुद विकास परिषदको तेस्रो स्थापना दिवश भव्यरुपमा सम्पन्न भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले आयोजना गरेको तेस्रो स्थापना दिवश कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री बिश्वामित्र संज्यालज्यूको अध्यक्षता र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष माननीय मन्त्री खड्ग बहादुर पोखरेलज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त स्थापना दिवसको अबसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषदको निम्तोलाई स्वीकार गरी विषेश अतिथिको रुपमा कर्णाली प्रदेश सभा सदस्य मा.कल्याणी खड्का,मा.बिजया बुढा,मा. गोैमता वि.क.मा.लक्ष्मी सुनारलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले आफ्नो स्थापना दिवसको अबसरमा सप्ताह व्यापी खेल प्रतियोगिताको आयोजना गरेको थियो जसमा महिला जनप्रतिनिधि र महिला पत्रकारहरुबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको भयो ।

तेस्रो स्थापना दिवसको दिन पारा टेवल टेनिस प्रतियोगिता, ककफाइट प्रतियोगिता, उसु डेमो प्रर्दशन, कराँते डेमो प्रर्दशन, बक्सिङ प्रतियोगिता, जेष्ठ नागरिक घैटो फोड प्रतियोगिता लगायतका खेलकुद गतिविधिहरु भएका थिए ।

स्थापना दिवसको अबसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेल प्रतियोगिताहरुमा सहभागि भई पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम मिति २०८० पौष १६ गते

तेस्रो स्थापना दिवसको केहि फोटो झलक ।

 

Next Post

१६ औं बोर्ड बैठक

१७ पुष २०८०, मंगलवार १२:३०
कर्णाली प्रदेश खेलकुद विकास परिषदको १६ औं बोर्ड बैठक आज मिति २०८० पौष १६ गते परिषदका अध्यक्ष माननीय मन्त्री खड्ग बहादुर पोखरेलज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

सुचना तथा जानकारी