कराते र बिच भलिबल खेलाडीहरुको विदाई

सुर्खेत चैत्र २२ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका दुई खेलमा सहभागी हुन जाने खेलाडीहरुको मंगलवार विदाई गरिएको छ ।

यहि चैत्र २४ देखि २६ गते सम्म ललितपुरमा संचालन हुने कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता र सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा पाल्पा रानीमहलमा संचालन हुने राष्ट्रिय बिच भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय यज्ञ बहादुर बुढाक्षेत्रीले विदाई गर्नुृ भएको हो ।

मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा मन्त्री बुढा क्षेत्रीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीले मेडल जित्नेमा आफु विश्वस्थ भएको बताउनु भयो । उहाँले खेलाडीहरुलाई अग्रिम विजयको शुभकामना समेत दिनु भयो ।

कर्णाली प्रदेशबाट कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न तौल समुहका १४ जना खेलाडी दुई जना प्रशिक्षक र एक जना टिम व्यावस्थापकको विदाई गरिएको छ भने बिच भलिबल प्रतियोगितामा सहभागी हुन जाने २ जना खेलाडी र एक जना टिम व्यवस्थापकको विदाई गरिएको छ ।

Next Post

प्रशिक्षक प्रशिक्षण कोर्ष सम्बन्धी फारम भर्ने खेलाडीहरुले यो फारमलाई आफ्नो लागी प्रयोग गर्न माउसको दायाँ साइट किलिक गरी यो फारम सेफ गरी आफ्नो लागी प्रयोग गर्न सक्नु हुनेछ ।

२२ चैत्र २०७८, मंगलवार ११:०३
प्रशिक्षक प्रशिक्षण कोर्ष सम्बन्धी फारम भर्ने खेलाडीहरुले यो फारमलाई आफ्नो लागी प्रयोग गर्न माउसको दायाँ साइट किलिक गरी यो फारम सेफ गरी आफ्नो लागी प्रयोग गर्न सक्नु हुनेछ ।

सुचना तथा जानकारी