दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद् अन्तर्गत संचालन, समन्वय तथा सहयोगमा आयोजना गरिने विभिन्न खेलुकद प्रतियोगिताहरुमा मिडिया साझेदारी (पार्टनर) को रुपमा काम गर्न ईच्छुक टेलिभिजन, पत्र पत्रिका, अनलाईन मिडिया, एफ.एम. रेडियो, युटुव मिडियाहरुलाई निम्न कागजातहरु सहित प्राविधिक र आर्थिक प्रस्ताव १५ दिन भित्र यस परिषद्को कार्यालय वा कार्यालयको ईमेल ठेगाना karnalisportscouncil@gmail.com मा पेश गर्नु हुन जानकारीका लागि यो प्रस्ताव आह्वान सम्बन्धि सूचना प्रकाशित गरिएको छ ।
तपशिल
आवश्यक कागजातहरु
१. दर्ता प्रमाण पत्र प्रति ।
२. पान÷भ्याट दर्ता प्रति ।
३. कर चुक्ताको प्रमाण पत्र प्रति ।
४. प्राविधिक प्रस्तावः परिचय र कार्य अनुभव सहितको प्रोफाईल, काम गर्ने विधि, जनशक्ति
र समय तालिका परिषद्लाई प्रदान गर्ने प्रतिफल ( बढिमा ५ पेज सम्म )
५. आर्थिक प्रस्तावः प्रति घण्टा ÷ प्रति दिन वा मासिक प्रतियोगिताको प्रकृति अनुसार लाग्ने
शुल्क रकम लिने वा परिषद्लाई दिने प्रष्ट रुपमा उल्लेख भएको हुनु पर्ने (बढीमा २
पेजमा ) ।
सम्पर्क नं.–९८४८४२२९४७
विश्वामित्र संज्याल
सदस्य–सचिव
कर्णाली प्रदेश खेलकुद विकास परिषद्
वीरेन्द्रनगर, सुर्खेत