प्रथम मुख्यमन्त्री शाही द्धारा रंगशालाको निरिक्षण

फागुन ८ सुर्खेत । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश सरकारको गौरबको आयोजना प्रदेश रंगशाला निर्माणको कामलाई निरिक्षण गर्नु भएको छ ।

शनिवार निरिक्षणमा गर्नु भएका प्रथम मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको एक मात्र गौरबको आयोजना भएकोले यो कामलाई जति सक्दो छिटो सक्ने गरेर काममा लाग्नको लागि निर्माण कम्पनीलाई निर्देशन दिनु भयो ।

कर्णालीमा अहिले सम्म जति निर्माण कम्पनी आए उनिहरुले समयमै काम गर्न नसक्दा निर्माण कम्पनीहरुले विश्वास टुटाएको भन्दै उहाँले यो कम्पनीबाट त्यस्तो नहुनेमा आफुले विश्वस्त रहेको बताउनु भयो ।‘जति सक्यो छिटो काम सक्ने तिर लाग्नु होला ।

काम गर्ने तरिका नेपाली मोडेल भन्दा चाइनिज मोडेलबाट गर्नु प¥यो,’ ‘उहाँले भन्नु भयो, ‘दिनको यति घण्टा काम गर्ने भन्दा पनि दिनमा कति आउटपुट दिन सक्यौ भन्ने तिर लाग्नु होला,।’

निरिक्षणका क्रममा कर्णाली खेलकुद परिषदका सदस्य सचिव बिश्वामित्र संज्याल पनि सहभागि हुनुहुन्थ्यो । उहाँले आफुले रंगशालाको काम नरोकिने गरी कामलाई अगाडी बढाउनको लागि निर्माण कम्पनीको निरन्तर फलोअफ गरेको समेत उहाँले प्रथम मुख्यमन्त्री शाहीलाई जानकारी दिनु भयो ।

Next Post

गाडी खरिद सम्बन्धी प्रकाशित सूचना

७ फाल्गुन २०७८, शनिबार १२:११
गाडी खरिद सम्बन्धी प्रकाशित सूचना