रुकुमको चौरजहारीमा कर्णाली प्रदेश क्रिकेट रंगशाला बन्ने

सुर्खेत,माघ १६ ।
संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माणको लागी प्रक्रिया थाल्न निर्देशन दिएका छन् । उनले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई यस्तो निर्देशन दिएका हुन् ।शनिबार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल अर्थमन्त्री शर्मालाई भेट्न उनको सरकारी निवास ललितपुरको हरिहरभवन पुल्चोक पुगेका थिए ।

सदस्य सचिव संज्यालले भेटमा अर्थमन्त्री शर्मालाई क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । भेटमा अर्थमन्त्री शर्माले श्रोत सुचिश्चितताका लागि प्रक्रिया थाल्न आफूहरुलाई निर्देशन दिएको संज्यालले जानकारी दिए ।संज्यालका अनुसार क्रिकेट रंगशाला निर्माणका लागि ५५ करोड लागतको अनुमान गरिएको छ । क्रिकेट रंगशाला निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७८/०७९ मा ५ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै रुकुमको चौरजहारी नगरपालिकाले समेत रंगशाला निर्माणका लागि बजेट छुट्याएको छ । अन्य रकम संघीय सरकारले व्यवस्था गर्ने र क्रिकेट रंगशाला बन्ने सुनिश्चित भएको संज्यालको भनाई छ ।

सदस्य सचिव संज्यालले आर्थिक वर्ष २०७८/ ०७९ मा टेण्डर आह्वान गरी रंगशाला निर्माणको कामलाई तिव्रता दिईने प्रतिवद्धता समेत व्यक्त गरे। ”कर्णालीमा अहिलेसम्म क्रिकेट रंगशाला छैन”, संज्यालले भने, ”अन्यत्र जग्गाको समेत अभाव छ तर रुकुम पश्चिमको चौरजहारीमा जग्गा समेत उपलब्ध भएको छ । त्यसैले त्यहाँ नै क्रिकेट रंगशाला बनाउनु पर्ने भएको हो ।”दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि भौतिक पुर्वाधार निर्माणमा कर्णाली प्रदेश खेलकुद परिषद्ले पहल गरिरहेको छ । जसअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा अन्तराष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माण भइरहेको छ ।

Next Post

तेक्वान्दो खेलले सफलता पाउने छ सदस्य सचिव संज्याल

१७ माघ २०७८, सोमबार १२:१७
सुर्खेत, कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले नेपालमा जनयुद्धले जसरी परिबर्तन ल्याएको छ कर्णालीको खेलजगतमा नेपाल तेक्वान्दो संघले पनि त्यस्तै परिबर्तन ल्याउन सक्ने बताएका छन् । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ अन्तरगत कर्णाली प्रदेश नेपाल आई।टि।एफ। तेक्वान्दो संघले आयोजना गरेको ३ दिन सम्म चल्ने प्रथम कर्णाली प्रदेश नेक्निकल सेमिनारको […]

सुचना तथा जानकारी