१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अबसर हो – नेता खड्का

सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर खड्काले २०८१ मंसिर २ देखि ९ सम्म आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि ठुलो अबसर भएको बताएका छन् ।

कर्णाली प्रदेशको एक मात्र गौरबको आयोजना कर्णाली प्रदेश रंगशालाको अनुगमन गर्दै नेता खड्काले पछिल्लो समय कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आन्तरिक तयारी बलियो हुदै गएको भन्दै उक्त प्रतियोगिता सम्पन्न गर्न सबैले लाग्नु पर्ने बताए ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयाजकको जिम्मेवारी लिइसक्दा पनि कर्णाली प्रदेशका संघीय सरकारले खेल पूर्वाधारको लागि कुनै बजेट नछुट्याएको बारे चासो राख्दै नेता खड्काले कर्णालीले संघीय सरकारसँग बजेटको माग नगरेको हो की संघीय सरकारले कर्णालीलाई बजेटबाट उपेक्षा गरेको हो त्यस बारेमा संघीय सरकारसँग कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संयुक्त रुपमा पहल गर्ने बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले अहिले सम्म संघीय सरकारले खेलकुद पूर्वाधारको लागि पठाएको बजेट कर्णालीमा पटक पटक प्रिज भएको भन्दै बजेटमा संघीय सरकारले कर्णालीलाई असहयोग गरेको बताए ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशले आयोजकको जिम्मेवारी लिइसक्दा पनि संघीय सरकारले कर्णाली प्रदेशमा खेल पूर्वाधार निर्माणमा कुनै चासो नदेखाएको बताउदै सदस्य सविच संज्यालले त्यसका लागि उप सभापति खड्का समक्ष बजेटको पहल गरिदिन आग्रह गरे ।

अहिले कर्णाली प्रदेशको खेल पूर्वाधारका कामहरु तिव्ररुपमा अगाडी बढिरहेका भन्दै उनले कर्णालीमा कुनै पनि बाहानामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नदिन विभिन्न भ्रम फैलाएको प्रति उनले खेल प्रेमीलाई विश्वास नगर्न आग्रह समेत गरे । ‘कर्णाली प्रदेशले कर्णालीमा आउने जनशक्तिको व्यवस्थापन कर्णालीको शैलीमा गर्न सक्छ , ‘सदस्य सचिव संज्यालले भने,’ ‘काठमाडौं र पोखराको व्यवस्थापन कर्णालीमा खोजेर हुदैन कर्णालीमा आउने जो कोहिले कर्णालीमा बस्ने मानसिक तयारी पहिला गर्नु पर्छ ।’

कर्णाली प्रदेश रंगशालाको निर्माणको काम पछिल्लो समय ३५ प्रतिशत काम सम्पन्न भएको र तोकियको समयसीमा भन्दा अगाडी सम्पन्न हुने निर्माण कम्पनीले बताएको छ । भिल्को खबरबाट साभार 

Next Post

नेता खड्काको रंगशालाको अनुगमन

६ फाल्गुन २०७९, शनिबार १५:२६
आज मिति २०७९ फागुन ६ गते नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर खड्काज्यूले आज कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यूसँग १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका बारेमा जानकारी लिदै प्रदेशको गौरबको आयोजना प्रदेश रंगशालाको अनुगमन गर्नु भयो । १० औं राष्ट्रिय खेलकुद […]

सुचना तथा जानकारी