नेता खड्काको रंगशालाको अनुगमन

आज मिति २०७९ फागुन ६ गते नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर खड्काज्यूले आज कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यूसँग १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका बारेमा जानकारी लिदै प्रदेशको गौरबको आयोजना प्रदेश रंगशालाको अनुगमन गर्नु भयो । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनु कर्णालीको लागि ठुलो अबसर भएको भन्दै उहाँले कर्णालीमा खेल पूर्वाधारको निर्माणको लागि बजेट अभाव हुन नदिन कर्णाली प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदहरुले प्रधानमन्त्री समक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो र निर्माणधिन प्रदेश रंगशाला तोकिएको समयमा सम्पन्न हुनेमा आफु विश्वस्त रहेको समेत बताउनु भयो ।

Next Post