मिति २०७९ फागुन २३ गते २२ बर्ष पछि दोस्रो पटक नेपालमा आयोजना भएको १६ औं एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै ऐतिहासिक प्रदर्शन गरेको छ । उक्त च्याम्पियनसिप प्रतियोगितामा नेपालबाट सहभागि हुने खेलाडीहरुमा कर्णाली प्रदेशको मात्रै ४५ प्रतिशत खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा कर्णाली प्रदेशको तर्फबाट कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय महेन्द्रबहादुर शाहीज्यू,कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राजकुमार शर्माज्यू,कर्णाली प्रदेश सरकारका मन्त्रीज्यूहरु मा.भिम प्रकाश शर्माज्यू,मा.मंगल शाहीज्यू,मा.विनोदकुमार शाहरज्यू,मा. टेकराज पछाईज्यू,राज्यमन्त्री मा. उर्मिला विश्वकर्माज्यू र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यू लगायतको उत्साहजनक उपस्थितिले कर्णालीका खेलाडीहरुको मनोबल झन उच्च भएको छ ।








