आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगति विवरण

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यूले पत्रकार सम्मेलनमा प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगति विवरण

आदारणीय पत्रकारज्यूहरु ।

कर्णालीप्रदेश खेलकुदविकास परिषद्को यस आ.व २०७९÷८० मा भएकोकामको प्रगतिविवरण र आगमीआ.व २०८०÷८१ मा प्रस्तावित बजेट तथाकार्यक्रमको जानकारी गराउने उद्देश्यले यहाँहरुलाई निमन्त्रणा गरेको हु यहाँहरुकोअमुल्य समय दिई उपस्थितिभइदिनु भएकोमायहाँहरुलाई हार्दिक धन्यवाददिदैअव म चालु आ.व २०७९÷८० मा भए गरेको कामको विवरण प्रस्तुत गर्न गइरेहेको छु ।

१.हालसम्मप्रदेश गौरवको आयोजनाको रुपमानिर्माणाधिन प्रदेश रंगशालाको ६० प्रतिशतभौतिकप्रगतिभएको छ भने ४६ प्रतिशतवित्तियप्रगतिभएको छ । जसमा रंगशालाघ(म् एनिमेसनमा देखाइएअनुसारको दर्शक प्याराफिटमा ४ हजार कुर्सि जडानको कार्य सकिएको छ,भिआईपीतर्फको प्याराफिटमासिभिलनिर्माण कार्य अन्तिम चरणमा छ,फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी छ ।कवर्डहलको छाना बाहेकफिनिसिङ्गकार्य भईरहेको छ । पौडीपोखरी, व्यावसायीक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्नहुने चरणमा छ । फुटवल मैदानमादुबो लगाई स्तर बृद्धिको कार्य भईरहेको छ एथलेटिक्स ट्याकको सव बेस र नालीनिर्माण सम्पन्नभएको छ ।रुख रोप्ने,हरियाली गर्ने कार्य भईरहेको छ । समग्रमानिर्माणाधिन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै कार्य प्रगतीभएको छ । उक्त रंगशालानिर्माण कार्य अन्तरगतहाल सम्म(हिजोको मिति सम्म) रु. ६५ करोड८५लाखखर्च भएको छ ।

२.जिल्लाजिल्लाकापुर्वाधार निर्माण अन्र्तगतजुम्लाको राजासिम खेलमैदानमा माटो भरान र लेभलिङ गर्ने कार्य रु. ५० लाखमा सम्पन्नभएको छ । त्यसैगरी रुकुमपश्चिमको चौरजहारी नगरपालीकाअन्तगतपातिहाल्नामाक्रिकेट खेलमैदानको निर्माण कार्य को लागीरु. ९४लाख १७हजार खर्च भएको छ ।

३. यसै वर्ष २०७९ असोज २८ देखीकात्तिक ३ गतेसम्म पोखरामा संन्चालनभएको नवौ राष्ट्यि खेलकुदप्रतियोगीताकोप्रदेश छनौटको लागीजम्मा १२३६ जना खेलाडी सहभागीभएकोमायस मध्यकर्णालीप्रदेशवाट ३० वटा खेलमा ५ सय ४ जना खेलाडीले राष्ट्यि प्रतियोगितामासहभागिताजनाएकाथिए । उक्तप्रतियोगितामा कर्णालीप्रदेशले २ वटा स्वर्ण पदक, ४ रजत र १२ कास्य गरी जम्मा १८ वटा पदकप्राप्त गरेको थियो । यस प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिताअन्तरगत रु.२ करोड ५० लाखखर्च भएको छ ।

४. खेलकुदप्रतियोगितामा सहभागीताअन्तरगत यसै वर्ष २०८० वैशाख १५ गतेदेखि १७गतेसम्म काठमाण्डौमा सन्चालनभएको केन्द्रिय १३ औ राष्ट्पति रनिङसील्ड प्रतियोगितामा कर्णालीप्रदेशले मधेस प्रदेश र गण्डकी प्रदेशलाई पछाडी पार्दै ४ स्वर्ण पदक, ३ रजतपदक र १० कास्य सहितजम्मा १७ वटा पदकप्राप्त गरि ५ औ स्थानहाँसीलगरेको छ । यस प्रतियोगिताको सन्चालन, प्रशिक्षण र सहभागितामाजम्मा रु.७० लाखखर्च भएको छ ।

५. खेलाडीलाई प्रोसाहानपुरस्कार अन्तरगतनवौ राष्ट्यि खेलकुदमा स्वर्ण पदकप्राप्त गर्ने खेलाडीलाई रु. २ लाख रजतपदकप्राप्त गर्ने खेलाडीलाई रु. १ लाखपचास हजार र कास्यपदकप्राप्त गर्ने खेलाडीलाई रु. १ लाखका दरले पुरस्कार प्रदान गरिएको छ । त्यसै गरि १२ औ केन्द्रिय राष्ट्पति रनिङसिल्ड प्रतियोगितामा स्वर्ण पदकबिजेता खेलाडीलाई रु. २० हजार रजतपदकलाई रु. १५ हजार र कास्यपदकबिजेता खेलाडीलाई रु. १० हजार पुरस्कार प्रदान गरिएको छ ।साथै कर्णालीप्रदेशकाबासिन्दाभई विभिन्नअन्तराष्ट्यि स्तरकापदकप्राप्त गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको छ । यसमाजम्मा रु. २७लाख ५५ हजारखर्च भएको छ ।

६.आगमीवर्ष २०८१ मंसिरमा कर्णालीप्रदेशमाआयोजनाहुने १०औ राष्ट्यि खेलकुदप्रतियोगितामा २ अंकको स्वर्ण पदक सहितउत्कृष्ट खेल प्रदशनीको लागी कर्णालीप्रदेश खेलकुदविकास परिषद्को १३औ वोर्ड वैठकले कर्णालीप्रदेशका खेलहरुलाई क ख ग श्रेणीमा वर्गीकरण गरि प्रशिक्षण र प्रतियोगिता संन्चालन गर्ने निर्णय गरेको छ । यसै अनुसार क श्रेणीमा एथलेटिक्स,उसु,आइटिफ, कराँते, र तेक्वान्दो गरि ५ वटा रहेका छन भने खश्रेणिमा ७ वटा(वक्सीङ,फुलकन्ट्याकट कराँते, जुडो, हक्की, रग्वी, हेन्डवल र बास्केटवल)त्यसै गरी गश्रेणिमा १० वटा (कवडी, क्रीकेट,खोखो, व्याडमिन्टन, भलिवल, भारोतलोन, फुटवल, सुटिङ, सेपाताक्रो र पौडी) खेललाई वर्गीकरण गरिएको छ । यो वर्गीकरण भरखरै सम्पन्नभएको नवौ राष्ट्यि खेलकुदप्रतियोगितालाई आधार मानी गरएिको हो ।

७. यसै वर्ष विभिन्न समयमाआयोजनाभएका टिम गेम अन्तगत कर्णालीप्रदेशवाट सहभागीताजनाउदै भलिवल,रग्वी र क्रिकेटका खेलाडीले उतकृष्ट प्रदशनिगदै टिम च्याम्पीयन सीपको उपाधिहाँसिल गरेका छन ।यसवाट यीतिनै खेलहरु कर्णालीप्रदेशको टिम गेम अन्तरगतको अघिल्लो सुचिमाआउने देखिन्छ ।
८. यसै वर्ष कर्णालीप्रदेशवाट सहभागिताजनाउदै नवौ राष्ट्यि खेलकुदप्रतियोतितामापदकप्राप्त गर्ने उसु र कराँते खेलवाट एक एकजनाखेलाडी दिपकहमाल र एलिसा रास्कोटी मगर चिनको हवाङजोमा हुने १९औ एसियाली खेलकुदप्रतियोगितामा सहभागीहुने खेलाडी अन्तगत छनोट भएका छन्। यो कर्णलीप्रदेशकालागी ठुला सफल्ता र खुसीयालीहो ।यीदुवैजनालाई सफल्ताको शुभकामना छ ।

९.समग्रमा यस आ.व २०७९÷८० मा (हिजो असार २३ गते सम्म)चालु तर्फ रु. ३ करोड ७२ लाख १५ हजार र पुजिगततर्फ रु रु. ६१ करोड ७लाख ५६ हजार गरी जम्मारु. ६४ करोड ७९लाख७१ हजार खर्च भएको छ ।

आगामीवर्ष प्रदेश खेलकुदअन्तगतचालु तर्फ रु. ८ करोड ३२ लाख७६ हजार र पँुजिगततर्फ रु. ९१ करोड ८७लाखगरी जम्मा रु. १ अर्व १९ लाख७६ हजार विनियोजन भएको छ । यसमामुख्यमुख्य बजेट तथाकार्यक्रमनिम्नबमोजिम छन ।

१प्रदेश रंगशालानिर्माण रु. ८५ करोड
२.हुम्लाहक्कीखेल मैदानरु. ५० लाख
३.कालीकोट कवर्ड हलनिर्माण रु.६० लाख
४.दशौ राष्ट्यि खेलकुदलक्षितविभिन्न खेल मैदानमर्मत सुधार रु. २ करोड
५.चिसापानि खेल मैदाननिर्माण सुर्खेत रु. २४ लाख
६.मैनतडा खेलपुर्वाधार निर्माण सुर्खेतरु. १८ लाख
७.चौरहजारी क्रिकेट मैदाननिर्माण रुकुमपश्चिमरु. ६० लाख
८.कालिन्चोकखेल मैदान निमार्ण सुर्खेतरु. २५ लाख
९.जिल्ला स्तरिय खेलकुदमैदाननिर्माण रु. २ करोड
१०.कुदु रंगशालानिर्माण जाजरकोट रु. १५ लाख
११.दशौ राष्ट्र्यि खेलकुदतयारिको लागी रु. ७० लाख
१२.प्रदेश स्तरिय टिम तयारी तथाप्रशिक्षणको लागीजम्मा रु. ४ करोड ७० लाख
१३.मुख्यमन्त्रीकपजिल्लार प्रदेश स्तरमा रु. १ करोड १० लाख

धन्यवाद ।

 

Next Post

सबै प्रदेशका सदस्य सचिव र जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु बीच अन्तरक्रिया कार्यक्रम

२४ असार २०८०, आईतवार १३:१३
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेशमा यसको पूर्व तयारीको लागि औपचारिक रुपमा छलफल र आन्तरिक तयारी शुरु भइसकेको छ । २०८१ मंसिरमा हुने खेलकुद क्षेत्रको महाकुम्भ मेला अर्थात १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब १ बर्ष मात्र बाँकी छ । यसको लागि मिति २०८० साउन १५ गतेका […]