बृक्षारोपणको शुभराम्भ

प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशाला भित्र आज मिति २०८० भदौ ११ गते देखि रंगशाला परिसरभित्र गिरिनरी अर्थात बृक्षारोपणको शुरुवात गरिएको छ । आज कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष एवं विभागिय मन्त्री माननीय खडग बहादुर पोखरेलज्यू र मन्त्रालयका सचिव श्रीमान डा.भोजराज शर्मा काफ्लेज्यूले संयुक्तरुपमा बृक्षारोपणको शुरुवात गर्नु भएको छ । उक्त बृक्षारोपण कार्यमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव श्री विश्वामित्र संज्यालज्यू लगायत खेलकुद परिषदका पदाधिकारीहरुको समेत विषेश उपस्थिति रहेको थियो । अबको केहि दिनमा निर्माणाधिन प्रदेश गौरबको आयोजना प्रदेश रंगशाला हरियाली हुने छ ।

Next Post

विजया दशमी २०८० को शुभकामना आदानप्रदान

११ भाद्र २०८०, सोमबार १९:३९
आज मिति २०८० कार्तिक १ गते कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वामित्र संज्यालज्यूको उपस्थितिमा प्रदेश गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालामा कार्यरत श्रमिकहरुको बीचमा विजया दशमी २०८० को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  

सुचना तथा जानकारी