तोकिएको समयभित्र दशौं राष्ट्रिय खेलकुद गर्न सरोकारवालाको संघीय सरकारलाई दवाब

सुर्खेत । २०७९ असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा संचालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न पश्चात ०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी पाएको कर्णाली प्रदेश अहिले आफ्नो आन्तरिक तयारीमा जुटिरहेको छ ।

०८१ मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा संचालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई अंकको लक्ष्य लिएको कर्णाली प्रदेश अहिले जसरी पनि तोकिएको मितिमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्न संघीय सरकारलाई दवाब दिदै आएको छ ।

शुक्रवार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको उपस्थितिमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सम्बन्धि छलफलको आयोजना ग¥यो । उक्त छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, युवा तथा खेलकुद मन्त्रालयका सचिव,प्रदेश सरकारका मन्त्री,उद्योग बार्णिज्य संघका पदाधिकारी, होटल व्यवसायी, पत्रकार,नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल,खेलकुद संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेश तयारी अबस्थामा रहेको र संघीय सरकारले त्यसको लागि खेल्नु पर्ने भुमिकाका बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्र्पोट निर्माणाधिन प्रदेश रंगशालाको प्रगतिका बारेमा जानकारी दिदै सदस्य सचिव संज्यालले रंगशालाको निर्माणको काम अबको ६ महिना भित्र सम्पन्न हुने र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता त्यहि रंगशालामा उद्घाटन हुने बताए ।

कर्णाली प्रदेशमा रहेका खेल मैदानको बारेमा जानकारी दिदै उनले प्रदेश सरकारले खेल क्षेत्रलाई गौरब आयोजनाको रुपमा अघि सारिसकेको अबस्थामा संघीय सरकारले अन्य जिल्लामा आवश्यकता हेरेर खेल मैदानको निर्माण गर्नु पर्नेमा जोड दिए ।

‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधार निर्माणको गर्न कर्णालीमा संघीय सरकारबाट एक अर्ब बजेटको आवश्यकता छ । त्यसको माननीय मन्त्रीज्यूले जतिसक्दो छिटो बजेटको व्यवस्थापन गर्नु प¥यो, ‘सदस्य सचिव संज्यालले भने,’ ‘पुसभन्दा पछि बजेट आए पनि कार्यन्वयन गर्न कठिन हुने देखिन्छ ।’

कर्णालीको सबैभन्दा ठुलो समस्या भनेको मानविय शक्ति व्यवस्थापनको समस्या हो त्यो कर्णालीकै शैलीमा समस्या समाधान गर्नु पर्नेमा उनको तर्क छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुदा पोखरामा जस्तो होटलको व्यवस्थापन थियो त्यो सुविधा कर्णालीमा नहुने भन्दै सदस्य सचिव संज्यालले कर्णालीमा आउने खेलाडी, अतिथिहरुले कर्णाली जादैछु भन्ने सबैभन्दा पहिला मानसिक रुपमा तयारी हुनु पर्ने बताए । ‘कर्णालीका गाउँलाई होमस्टेमा विकास गर्न र त्यसको लागि स्थानीय बासिन्दालाई होमस्टे सम्बन्धि तालिम दिने निति ल्याउन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरुले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सबैभन्दा पहिला खेल पूर्वाधारमा लगानीको सुनिश्चिता गर्नु पर्ने बताए । त्यस्तै उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेंलले १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु भनेको कर्णालीमा आर्थिक समृद्वि ढोका खोल्नु जत्तिकै भएकाले यो प्रतियोगितालाई जसरी पनि तोकिएको मितिमा सुरु गर्नु पर्ने बताए ।

कर्णालीको भौगलिक विकटता अनुसार यहाँको हवाइ मार्गलाई नियमित बनाउनु पर्ने भन्दै अध्यक्ष कडेंलले त्यो सेडुवल अहिले देखि नै संघीय सरकारले लागु गर्न तिर लाग्नु पर्ने धारणा राखे । कर्णालीमा आउने जो सुकैले कर्णालीका पर्यटकीय स्थलहरु हेर्न सजिलो र सहज तरिकाले पाउन् र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आउने खेलाडीहरुले ल्याउनको लागि कहिले चार्टर गर्नु पर्ने अबस्था नआवस् भन्नका लागि सरकारले यसलाई पहिलो प्रथामिकता दिनु पर्छ, ‘उनले भने,’ ‘यो प्रतियोगिताबाट कर्णालीको आर्थिक बृद्धिदर र सरकारको राजस्व बढ्ने सम्भावना छ ।’

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न संघीय सरकार र राखेपको ठुलो भूमिका रहेको भन्दै अब यसको तयारीको लागि संघीय सरकार र राष्ट्रिय खेलकुद परिषदले सहजिकरणको लागि कार्यालयको स्थापना गर्नु पर्ने बताए ।

कणाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले स्वास्थ्य र शिक्षाको बजेट काटेर भए पनि कर्णाली प्रदेशले खेलकुदको तयरी थालेको भन्दै राष्ट्रिय खेलकुदले कर्णालीमा उत्साहा छाएको बताए । यो उत्साहालाई खुसीमा बदल्नको लागि संघीय सरकारका युवा तथा खेलकुद मन्त्रीज्यू र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको आगमनले अब सजिलो भएको बताए । त्यसको लागि संघीय सरकारले छिटो भन्दा भन्दा काम गर्नु पर्ने बताए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुरक्षाको व्यवस्था राम्रोसँग गर्ने बताए । ‘खेल जुनसुकै ठाउँमा भए पनि हामी सुरक्षा दिने छौ, ‘ढकालले भने,’ ‘समन्वय र सहकार्य नियमिति गर्ने छौ । यदि भौतिक पूर्वाधार समयमै सम्पन्न नभएको खण्डमा श्रम दान गर्न पनि तयार छौ ।’

झिल्को खबरमा । २२ मंसिर २०८०, शुक्रबार १८ः४७ प्रकाशित

 

Next Post

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

२५ मंसिर २०८०, सोमबार १०:५४
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले आज मिति २०८० मंसिर २२ गते दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सम्बन्धि एक बृहत अन्तरक्रिया कार्यक्रम कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष माननीय खड्ग बहादुर पोखरेलज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कर्णाली प्रदेशको […]

सुचना तथा जानकारी