सुब्बाकुनामा राखियो ट्राफिक सन्देशमुलक डिजिटल बोर्ड

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भित्रिने मुख्य नाका सुब्बाकुनामा ट्राफिक सन्देशमुलकसहितको डिजिटल बोर्ड राखिएको छ । बजार क्षेत्रमा राखिएका ट्राफिक सिंगनल विभिन्न आन्दोलनका क्रममा तोडफोड गरेर क्षती पुर्याएपछि वीरेन्द्रनगर भित्रने मुख्य नाकामा डिजिटल बोर्ड राखिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा निर्माण गरिएको उक्त डिजिटल बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई कर्णाली प्रदेश खेलकुद विकास परिषदको तर्फबाट शुक्रवार परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गर्नु भएको हो ।

सडकमा आवत जावत गर्दा धेरै नागरिकहरुलाई ट्राफिक नियमको बारेमा ज्ञान नहुदा दुर्घटना बढ्दै गएको भन्दै कर्णाली प्रदेशको राजधानी सहरमा यस्ता सन्देश मुलक बोेर्डहरु राख्न आवश्यक भएको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताउनु भयो । उहाँले जिल्ला ट्राफिक कार्यालय सुर्खेतले परिषदलाई गरेको आग्रह अनुसार बोर्ड स्थापना गर्नमा सहयोग गरेको समेत बताउनु भयो ।

जिल्ला ट्राफिक  कार्यालय सुर्खेतको सुब्बाकुनामा ‘डिजिटिल बोर्ड राख्नुको मुख्य उदेश्य भनेकै सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशहरु प्रवाह गर्नु भएको जिल्ला ट्राफिक प्रमुख उपेन्द्र आचार्यले बताउनु भयो , ‘वीरेन्द्रनगर भित्रने मुख्य नाका भएकाले सवारी ईन्ट्री अनिवार्य गर्नु पर्ने भएकाले सवारी चालक र यात्रुहरुले सन्देशहरु पढ्ने भएकाले प्रभावकारी हुनेमा विश्वस्त रहेको उहाँको बताउनु भयो ।

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रहरुमा सचेतनामूलक अभियानहरु सञ्चालन गर्दै आएको आचार्यले जानकारी दिनु भयो । ‘सडक दुर्घटना रोक्नमा सबै पक्षको साथ आवश्यक छ,’ आचार्यले भन्नु भयो, ‘डिजिटल बोर्ड आवश्यक परेकाले परिषदलाई सहयोग गरिदिन आग्रह गरेका थियौं ।

परिषदले निर्माणपछि हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्दै’ उहाँले  प्रदेश राजधानी भएकाले सवारी सधानको चाप बढ्दै गएको उल्लेख गर्नु भयो  । ‘सवारी वृद्धिसँगै दुर्घटना जोखिम बढ्छ तर सवारी दुर्घटना न्यूनिकरणका लागि सबैले ट्राफिक नियमको अनिवार्य पालना गर्नु उहाँले औल्याउनु भयो ।

 

Next Post

जेठ १० गते सम्मको लागी समय थप गरिएको बारे सूचना

२ बैशाख २०७९, शुक्रबार ११:००
राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा कर्णाली प्रदेशको खेलकुद विकासमा सहयोग पुग्ने गरी सहायक प्रशिक्षक प्रशिक्षण कोर्ष सञ्चालन हुने भएको हुँदा तपसिल बमोजिम योग्यता पुगेका ईच्छुक कर्णाली प्रदेशका खेलाडीहरुले यो सूचना पुन यहि जेठ १० गते सम्मको लागी थप गरिएकोले कर्णाली […]

सुचना तथा जानकारी