नेत्रहिन क्रिकेट संघको प्रशिक्षण तालिमको उद्घाटन

सुर्खेत, कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा नेत्रहिन क्रिकेट संघको प्रशिक्षण तालिम आज देखि सुरु भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले नेत्रहिन क्रिकेट संघका खेलाडीहरुलाई परिषदको तर्फबाट विभिन्न खेलकुद सामाग्रिहरु दिएर प्रशिक्षण तालिमको उद्घाटन गर्नु भयो ।

तिन दिन सम्म संचालन हुने प्रशिक्षण तालिममा कर्णाली प्रदेशका सबै जिल्लाहरुबाट खेलाडीहरुको सहभागीता रहेको छ भने केहि खेलाडीहरु प्रदेश बाहिरबाट पनि सहभागी भएका छन् ।

तालिमको अबधिभर प्रशिक्षणलाई उपलब्धी मुलक बनाउन खेलाडीहरुलाई उपाध्यक्ष हमालले आग्रह गर्नु भयो । कर्णाली प्रदेशबाट नेत्रहिन क्रिकेट संघका खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तर सम्म खेलाउने कर्णाली प्रदेश खेलकुद विकास परिषदको लक्ष रहेको भन्दै उपाध्यक्ष हमालले ३ दिनको प्रशिक्षणले नेत्रहिन क्रिकेट संघमा नयाँ खेलाडी उत्पादन हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

प्रशिक्षण उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका प्रशिक्षण विभाग प्रमुख दिलिप सिँङ ठकुरी, साहेक प्रशिक्षण विभाग प्रमुख सोना थापा कर्णाली प्रदेश खेलकुद परिषदका कर्मचारी कवि न्यौपाने, जिल्ला खेलकुद विकास समिति सुर्खेतका कार्यालय प्रमुख राम बहादुर वलीको समेत उपस्थिति रहेको थियो ।

Next Post

प्रशिक्षक प्रशिक्षण कोर्ष सम्बन्धी जरुरी सूचना

२१ चैत्र २०७८, सोमबार ११:०६
राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा कर्णाली प्रदेशको खेलकुद विकासमा सहयोग पुग्ने गरी सहायक प्रशिक्षक प्रशिक्षण कोर्ष सञ्चालन हुने भएको हुँदा तपसिल बमोजिम योग्यता पुगेका ईच्छुक कर्णाली प्रदेशका खेलाडीहरुले यो सूचना प्रकाशित मितिले १५ औं दिन कार्यालय समय भित्र कर्णाली प्रदेश […]

सुचना तथा जानकारी